५ बजेतिर झनै ठूलो पहिरो आएको भरतपुरको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले बताए । अस्तीको जत्रै ठूलो पहिरो खसेको उनको भनाइ छ ।
चितवन — तुइनखोलामा मंगलबार दिउँसो ५ बजेतिर ठूलो पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक सञ्चालन अनिश्चित बनेको छ । दिउँसो १ बजेदेखि निरन्तर ढुंगासहित सुख्खा पहिरो खसेका कारण सडक ठप्प थियो ।
५ बजेतिर झनै ठूलो पहिरो आएको भरतपुरको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले बताए । अस्तीको जत्रै ठूलो पहिरो खसेको उनको भनाइ छ ।
तुइनखोलामा शुक्रबार साँझ पहिरो जाँदा ४५ घण्टापछि आइतबार दिउँसो एकतर्फी बाटो खुलेको थियो । सोमबार साँझबाट दुईतर्फी नै बाटो खुलेको थियो । तर सडक मााथिबाट बेला बेलामा ढुंगा र सुख्खा पहिरो खस्न छाडेको थिएन ।
आज साँझपख ठुलै पहिरो खसेपछि अब कुन बेला सडक खुल्छ भन्न सक्ने अवस्था नरहेको आचार्यले बताए ।