बिहान पाँच बजेदेखि बाटो खुलेको भरतपुरको डिभिजन सडक कार्यालयका सुचना अधिकारी इन्जिजियर कृष्ण आचार्यले जानकारी दिए ।
चितवन — नारायणगढ-मुग्लिन सडक एकतर्फी रूपमा सञ्चालनमा छ । शुक्रबार साँझ मुग्लिन नजिक तुइन खोलामा पहिरो गएर अवरूद्ध भएको सडक ४५ घण्टापछि हिजो आइतबार दिउँसोबाट एकतर्फी खुलेको थियो।
पहिरो र ढुंगा झर्ने जोखिम कायमै रहेको भन्दै चितवन जिल्ला सुरक्षा समितिले हिजो आइतबार राति नौ बजेदिख आज बिहान ५ बजेसम्म सो सडक खण्डमा गाडी चलाउन रोक लगाउने निर्णय गरेको थियो । बिहान पाँच बजेदेखि बाटो खुलेको भरतपुरको डिभिजन सडक कार्यालयका सुचना अधिकारी इन्जिजियर कृष्ण आचार्यले जानकारी दिए ।
तीन दिनदेखि बाटो बन्द भएका कारण हजारौं गाडी र यात्रीहरू बाटोमै अलपत्र थिए । बाटोमा गाडीको चाप कम हुँदै गएपछि दुई तर्फी रूपमा नै यातायात चलाउन मिल्ने गरेर पहिरो सफा गर्न सुरू हुने इन्जिनियर आचार्यको भनाइ छ । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रहेकन प्रहरी निरीक्षक गनयत्रीरमज शर्माले चालकहरूलाई सडकमा आफ्नो लेन अनुरूप मात्रै गाडी चलाउन अपिल गरे।
सडकमा गाडीको चाप धेरै कम भएको उनले बताए । अगाडिको गाडीलाई उछिन्न अर्को लेनमा जाँदा ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने र बाटोमा गाडीकै कारणले जाम हुन सक्ने हुँदा ओभरटेक गर्दै नगर्न प्रहरीले चालकहरूलाई आग्रह गरेको छ।
