घाइतेहरूको उपचार हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा भइरहेको छ ।
हेटौंडा — पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका-१९ बस्तीपुरमा बस,ट्रक र ट्यांकर ठोक्किँदा ३१ जना घाइते भएका छन् । घाइतेहरूको उपचार हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा भइरहेको छ ।
चितवनबाट वीरगन्जतर्फ जाँदै गरेको ना ६ ख २११९ नं. को यात्रुवाहक बसको टायर पड्केर बस अनियन्त्रित भएर हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ८१८० नं. को मालवाहक ट्रकसँग ठक्कर खाई काठमाडौंबाट बारातर्फ आउँदै गरेको ना ७ ख १७७४ नं. को तेल बोक्ने खाली ट्यांकरलाई ठक्कर दिएको थियो ।
उक्त दुर्घनामा बस र ट्रकमा सवार ३१ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक एव प्रवक्ता श्यामु अर्यालले बताए । घाइतेहरूलाई तत्कालै उद्धार गरेर उपचारको निम्ति हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा पुर्याएको प्रहरीले जनाएको छ ।
