नारायणगढ मुग्लिन सडक राति नौ बजेपछि बन्द 

पहिरोको जोखिम रहेको भन्दै सुरक्षा समितिले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

आश्विन ५, २०८२

रमेशकुमार पौडेल

Narayangadh Muglin road closed after 9 pm

चितवन — जिल्ला सुरक्षा समितिले आइतबार राति नौ बजेदेखि भोलि सोमबार बिहान ५ बजेसम्म नारायणगढ मुग्लिन सडकमा गाडी चल्न रोक लगाएको छ ।

पहिरोको जोखिम रहेको भन्दै सुरक्षा समितिले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

इच्छाकामना गाउँपालिका वडा नं ५ तुइनखोला मुग्लिङ - नारायणगढ सडक खण्ड पहिरोका कारण शुक्रबार साँझदेखि अवरुद्ध थियो ।

४५ घण्टापछि आइतबार दिउँसोबाट एकतर्फी सञ्चालनमा आएको छ । तर उक्त क्षेत्रमा सुख्खा पहिरो जोखिम कायमै रहेकोले मानवीय सुरक्षालाई मध्यनजर गर्दै आज रातको ९:०० बजेदेखि भोलि बिहान ५:०० बजे सम्म सवारी आवागमन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully