तुइखोलामा ठूलो पहिरो, आज खुल्ने सम्भावना नदेखिएपछि वैकल्पिक बाटो अपनाउन अनुरोध

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पहिरो ठूलो भएको र आजै पन्छाउन सम्भव नदेखिएकाले वैकल्पिक मार्ग अपनाउन अपिल गरेका हुन् ।

आश्विन ४, २०८२

रमेशकुमार पौडेल

Major landslide in Tuikhola, request to take alternative route as opening unlikely today

काठमाडौँ — चितवन-नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन नजिक तुइख‍ोलामा खसेको पहिरो पन्छाउन सकस परेको छ ।

आज पहिरो पन्छाएर यातायात सञ्चालन गर्न सम्भावना नदेखिएपछि वैकल्पिक बाटो अपनाउन सवारी साधनलाई अनुरोध गरिएको छ । 

Major landslide in Tuikhola, request to take alternative route as opening unlikely today

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पहिरो ठूलो भएको र आजै पन्छाउन सम्भव नदेखिएकाले वैकल्पिक मार्ग अपनाउन अपिल गरेका हुन् ।

Major landslide in Tuikhola, request to take alternative route as opening unlikely today

तुइन खोलामा शुक्रबार साँझ पहिरो खसेपछि बाटो बन्द छ । बिहानपख फेरि सोही ठाउँमै झनै ठूलो पहिरो खसेपछि बाटो पूर्ण रुपमा बन्द भएको हो । 

Major landslide in Tuikhola, request to take alternative route as opening unlikely today

माथिबाट निरन्तर ढुंगाहरु खसिरहेका कारण काम सुरु नै गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी अर्यालको भनाइ छ । काम सुरु भएमा पनि पहिरो पूर्ण रुपमा सफा गर्न झण्डै १० घण्टाजति लाग्न सक्ने अर्यालले बताए ।

Major landslide in Tuikhola, request to take alternative route as opening unlikely today

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully