तुइन खोलामा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

शनिबार बिहान ४ बजेमात्रै पहिरो हटाउन सुरू हुने हुँदा सडक रातभर बन्द रहने भरतपुरको डिभिजन सडक कार्यालयले जानकारी दिएको छ ।

आश्विन ३, २०८२

रमेशकुमार पौडेल

Narayangadh-Muglin road blocked due to landslide in Tuin River

चितवन — नारायणगढ-मुग्लिन सडकअन्तर्गत तुइन खोलामा शुक्रबार साँझ पहिरो खसेर बाटो अवरुद्ध भएको छ ।

रातमा पहिरो सफा गर्न नसकिने चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोमा परेर दुईवटा माईक्रोबसमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन्द्र खनालले जानकारी दिए ।

भोलि बिहान ४ बजेमात्रै पहिरो हटाउन सुरू हुने हुँदा सडक रातभर बन्द रहने भरतपुरको डिभिजन सडक कार्यालयले जानकारी दिएको छ ।

तुइन खोलामा पाँच बजेतिर पहिरो खसेको थियो । पहिरो सफा गरेर १५ मिनेटपछि एकतर्फी बाटो खुलेको थियो । लगत्तै १० मिनेटपछि फेरि पहिरो खसेर बाटो बन्द भएको डीएसपी खनालले बताए । 

तुइन खोलामा बिहीबार राति पनि पहिरो खसेर आज बिहानबाट मात्रै सडक दुईतर्फी सञ्चालनमा आएको थियो । यो ठाउँमा पटकपटक पहिरो खस्दा बाटो अवरुद्ध हुने गरेको छ । 

पहिरो हटाउन भोलि बिहान चार बजेमात्रै सुरू हुने हुँदा सडक रातभर बन्द रहने भरतपुरको डिभिजन सडक कार्यालयले जानकारी दिएको छ ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully