पहिरो हटाएपछि दुईतर्फी नै खुल्यो नारायणगढ–मुग्लिन सडक

मंगलबार राति नौ बजेदेखि खसेको पहिरोले बाटो अवरूद्ध थियो ।

आश्विन १, २०८२

रमेशकुमार पौडेल

Narayangadh-Muglin road was opened in both directions after the landslide was removed

चितवन — पहिरोका कारणले मंगलबार रातिदेखि अवरूद्ध नारायणगढ–मुग्लिन सडक बुधबार बिहानदेखि दुईतर्फी नै खुलेको छ ।

पहिरो सफा गरेपछि सो सडक बिहान सवा आठ बजेबाट सञ्चालनमा आएको भरतपुरको डिभिजन सडक कार्यालयका साइट इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिए ।

मंगलबार राति नौ बजेदेखि खसेको पहिरोले बाटो अवरूद्ध थियो । पहिरो सफा भए पनि पानी परिरहेका कारणले ढुंगा तथा थप पहिरो झर्ने जोखिम कायमै रहिरहेको हुँदा सावधानीकपूर्वक रोकेर, हेरेर मात्र सुरक्षित यात्रा गर्न डिभिजन सडक कार्यालयले यात्रु र चालकलाई अपिल गरेको छ ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully