मकवानपुर र बाराको सिमानामा ट्रक दुर्घटना हुँदा १६ जना सैनिक घाइते

तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूको उपचार हेटौंडा अस्पतालमा भइरहेको छ ।

भाद्र ३१, २०८२

प्रताप विष्ट

16 soldiers injured in a truck accident on the border of Makwanpur and Bara

हेटौंडा — पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने मकवानपुर र बारा जिल्लाको सिमानामा पर्ने चुरियामाईमा नेपाली सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूको उपचार हेटौंडा अस्पतालमा भइरहेको छ ।

हेटौंडा उपमहानगरपालिका—१५र सिमरा उपमहानगरपालिका—२२ मा स्थित चुरियामाईमा नम्बर २ राजदल गण तनहुँबाट धनुषातर्फ उपसेनानी हर्षविक्रम अधिकारीको कमान्डमा जाँदै गरेको को ४ वटा नेपाली सेनाको ट्रकमध्ये लु १ ग २८० नम्बरको ट्रक पुलबाट  खोल्सीमा खस्दा सैनिकहरू घाइते भएका हुन् ।

२२ जना सैनिक रहेको उक्त ट्रक पुलबाट करिब १२ फिट तल खोल्सीमा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले बताए ।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully