सिन्धुपाल्चोक — नख्खु कारागारबाट भागेका एक जना कैदीलाई सिन्धुपाल्चोकमा नियन्त्रणमा लिइएको छ ।
जिल्लाको बलेफी गाउँपालिका–१ चिप्लेढुङ्गा बस्ने ३७ वर्षीय धने सुनारलाई इलाका प्रहरी कार्यालय जलबिरेबाट खटिएको टोलीले सोमबार राति नियन्त्रणमा लिएको हो। सुनारलाई ज्यान सम्बन्धी मुद्दामा सात वर्ष कैद सजाय तोकिएको थियो।
उनी २०७८ साल पौष १२ गतेदेखि ललितपुरस्थित नख्खु कारागारमा रहेपनि गत भदौ २४ गते फरार भएका थिए। प्रहरी टोलीले मिति २०८२ भदौ २७ गते राति करिब १० बजे उनलाई आफ्नै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
