नख्खु कारागारबाट भागेका एक कैदीबन्दी धादिङमा मृत भेटिए

भाद्र २८, २०८२

पोषनाथ अधिकारी

धादिङ — ललितपुरको नख्खु जेलबाट भागेका एक कैदीबन्दी धादिङमा मृत भेटिएका छन् । कर्तव्य ज्यानअन्तर्गत नख्खु कारागारमा रहेको अर्घाखाँची सन्धिखर्क नगरपालिका ४ का बाबुराम नेपाली शनिबार मृत भेटिएका हुन् ।

धादिङको धुनीबेंसी नगरपालिका-९ खोलाखेतमा घोप्टो अवस्थामा मानिस मृत छ भन्ने खबरका आधारमा पुगेको प्रहरीले उनको शव भेटेको हो । खोलामा चिप्लिएर लडेको हुन सक्ने प्रहरीको अनुमान छ । 

शव काठमाडौं पठाइएको छ भने प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 

पोषनाथ अधिकारी

Link copied successfully