सोमबार बिहान १० बजे चितवन जिल्ला प्रशासन कार्यालय अगाडि किशोरकिशोरीले भ्रष्टाचारविरुद्ध करिब एक घण्टा नाराबाजीसहित प्रदर्शन गरे।
चितवन — बढ्दो भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेन–जीले भितवनको भरतपूरणमा पनि प्रदर्शन गरेका छन् ।
सोमबार बिहान १० बदेखि उनीहरुले चितवन जिल्ला प्रशासन कार्यालय अगाडि विभिन्न नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।
विभिन्न कलेजहरुमा अध्ययनरत किशोरकिशोरीहरुले करिब एक घण्टा प्रदर्शन गरेका हुन् । सामाजिक सञ्जालमा गरेको आह्वानका आधारमा एक हजार बढीको संख्यामा युवाहरू प्रदर्शनमा आएको अच्युत तिमिल्सिनाले दाबी गरे ।
ग्रुप एडमिनमध्येका एकजना सविन केसीले देशको अवस्था सुधार गर्न आफूहरूले मर्यादित भएर आवाज उठाउने र अभियानका कार्यक्रम र अन्य विषयका लाागि ग्रुपमा जोडिन अपिल गरे ।
प्रदर्शनमा सहभागी अर्का एकजना युवा आयुस पौडेलले भ्रष्ट्राचारका विषयमा सामाजिक सञ्जालमा विश्व व्यापी रूपमा उठेको अभियानबाटै चितवनका युवा पनि स्वस्फुर्त रूपमा उठेको बताए ।
‘हामी देशमा भ्रष्टाचार अन्त्य होस् भन्ने चाहन्छौं । हाम्रो अभियान अभियान यसैका लागि हो’ उनले भने ।
