बाढीमा बगेर  दुई युवकको मृत्यु

गोसाइकुण्ड गाउँपालिका–६ का दावाढिण्डुप तामाङ र सुदीप घलेको शव फेला परेको छ, मोटरसाइकल अझै बेपत्ता छ।

भाद्र १७, २०८२

कान्तिपुर संवाददाता

Two youths died after being swept away in the flood

रसुवा — दुई दिनअघि सदरमुकामबाट आफ्नो घर ठाडेगाउँतर्फ जाने क्रममा हराएका दुई युवकको शव आज फेला परेको छ । प्लेङजुङ खोलाको बाढीमा परी उनीहरूको ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख हेमबहादुर शाहीका अनुसार गोसाइकुण्ड गाउँपालिका– ६ ठाडेका २३ वर्षीय दावाढिण्डुप तामाङ र सुदीप घलेको मृत्यु भएको हो ।

गत आइतबार मोटरसाइकलमा घरतर्फ गइरहेका उनीहरू घर नपुगेपछि खोजी थालिएको थियो । शव भेटिए पनि उनीहरू सवार मोटरसाइकल भेटिएको छैन । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

कान्तिपुर

Link copied successfully