चिलिमे जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् आपूर्ति बन्द

कालिका गाउँपालिका–१ ग्राङमा प्रसारण लाइनमा समस्या देखिएपछि चिलिमे जलविद्युत् केन्द्रको उत्पादन बन्द गरिएको छ।

भाद्र १४, २०८२

कान्तिपुर संवाददाता

The power supply produced by the Chilime hydroelectric power station is stopped

रसुवा — राष्ट्रिय प्रसारण लाइनमा समस्या भएपछि  चिलिमे जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् आपूर्ति बन्द भएको छ ।

कालिका गाउँपालिका–१ ग्राङ आसपास क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनमा समस्या आएपछि केन्द्रबाट उत्पादन बन्द गर्नुपरेको हो ।

चिलिमे जलविद्युत् केन्द्रका अनुसार टावर मर्मत गरेर आजै साँझसम्ममा केन्द्र पुनःसञ्चालन गर्ने लक्ष्य छ । टावर मर्मतका लागि काठमाडौँबाट रसुवाका निम्ति प्राविधिकहरु प्रस्थान गरिसकेका छन् ।  

कान्तिपुर

Link copied successfully