भरतपुरमा कार अनियन्त्रित भएर रूखमा ठोक्किँदा एकजनाको मृत्यु

भरतपुरको आन्तरिक सडकमा राति कार रूखमा ठोक्किँदा गम्भीर घाइते भएका भट्टको उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ।

भाद्र १४, २०८२

रमेशकुमार पौडेल

One person died when a car ran out of control and hit a tree in Bharatpur

चितवन — शुक्रबार राति भरतपुरमा एक कार अनियन्त्रित हुँदै सडकको आडमा रहेकोको रुखमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

चितवन जिल्ला प्रहरी कार्यालयले दुर्घटनामा गम्भीर घाइते भएका भरतपुर महानगरपालिका वडा नम्बर २ आँपटारीका विप्लब भट्टको उपचारका क्रममा मृत्यु भएको जानकारी दिएको छ । 

भट्टले चलाएको बा १५ च ४६९३ नम्बरको कार राति साढे एक बजेतिर रूखमा ठोक्किएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण केसीले बताए । भरतपुर महानगरपालिका-१० रमाइलो चोकबाट बाइपास सडक आडको विशालचोक निस्कने भित्री सडकमा उक्त दुर्घटना भएको उनले बताए । 

प्रारम्भिक अनुशन्धानअनुसार कार आफैं अनियन्त्रित भएर रूखमा ठोक्किएको प्रहरी निरीक्षक केसीको भनाइ छ । गम्भीर घाइते भट्टलाई उपचारका लागि पुरानो मेडिकल कलेज भनिने सिएमएसको भरतपुरमा रहेको शिक्षण अस्पताल लगिएको थियो ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully