भोटेकोशी नदीले बगाउँदा एक जना बेपत्ता

२३ वर्षीय महेश दर्जी भुम्लु गाउँपालिकाको दुलालेश्वर मन्दिर नजिकै भोटेकोशी नदीमा बेपत्ता, प्रहरीद्वारा खोजी जारी।

भाद्र १२, २०८२

ज्योती श्रेष्ठ

One person went missing after being washed away by Bhotekoshi river

काभ्रे — भोटेकोशी नदीले बगाउँदा एक जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

बिहीबार बिहान ११:१५ बजेको समयमा काभ्रेपलान्चोक जिल्ला स्थित भुम्लु गाउँपालिका-८, दुलालेश्वर मन्दिर नजिकै भोटेकोशी नदीले एक जना पुरुष बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीन बहादुर घलेले जानकारी दिए । 

उनका अनुसार, बेपत्ता हुनेमा भुम्लु गाउँपालिका वडा न. १ स्थित रिट्ठे बस्ने २३ वर्षीय महेश दर्जी रहेका छन् । उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully