निकुञ्जसँग जाेडिएकाे गाउँ भरतपुर महानगरपालिका-२८ मेघाैलीकाे अन्द्राैलीमा उक्त घटना भएकाे हाे ।
काठमाडौँ — गैंडाले आक्रमण गर्दा बिहीबार दिउँसाे चितवन मेघाैलीमा एकजनाकाे मृत्यु भएकाे छ ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार अन्दाजी ६० वर्षीय खेमबहादुर सुनारकाे मृत्यु भएकाे हाे ।
निकुञ्जसँग जाेडिएकाे गाउँ भरतपुर महानगरपालिका-२८ मेघाैलीकाे अन्द्राैलीमा उक्त घटना भएकाे हाे । राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनभित्र उनलाई गैंडाले आक्रमण गरेकाे थियाे । 'हातमा हँसिया पनि छ रे, घाँस काट्न गएका बेलामा घटना भएकाे हुनुपर्छ,' भरतपुर महानगरपालिका-२८ का वडाध्यक्ष डण्डपाणि रिजालले भने ।
