जिल्ला प्रहरी सिन्धुपाल्चोककाअनुसार तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा २१ च ७५४४ को जिप सडकबाट भोटेकोसी नदीमा खस्दा चालक र सहचालक बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा सर्लाही बरथहवा नगरपालिका-२ बस्ने २३ वर्षीय राजेशकुमार कुसवाह (चालक) र २५ वर्षीय राम प्रवेश महत्तो (सहचालक) हुन् ।
सिन्धुपाल्चोक — जिल्लाबाट चीन जोड्ने भोटेकोसी गाउँपालिका-४ हिन्दीमा मंगलबार बोलेरो जिप भोटेकोसीमा खस्दा चालकसहित २ जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी सिन्धुपाल्चोककाअनुसार तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा २१ च ७५४४ को जिप सडकबाट भोटेकोसी नदीमा खस्दा चालक र सहचालक बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा सर्लाही बरथहवा नगरपालिका-२ बस्ने २३ वर्षीय राजेशकुमार कुसवाह (चालक) र २५ वर्षीय राम प्रवेश महत्तो (सहचालक) हुन् । 'बेपत्ता दुवैको खोजी भइरहेको छ,' इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक सुमेश पाण्डेले भने ।
दुर्घटना भएको जिपलाई एक्स्काभेटरको सहयोगमा डोरी लगाएर तान्ने बेलामा एक पुरुष व्यक्तिको शव भोटेकोसी नदीले बगाएको थियो । अर्को शव पहिले नै बगाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । भोटेकोसीले बगाएको व्यक्तिको शव प्रहरी चौकी हिन्दी र इलाका प्रहरी कार्यालय बाह्रबिसेले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
