लागुऔषधसहित दुई भारतीय पक्राउ, सुमो गाडी बरामद

पक्राउ पर्नेमा सुमो चालक भारत उत्तर प्रदेश बहराईच जिल्ला बलाईका ३५ वर्षीय किस्मत अली र २८ वर्षीय शाहरख अली रहेका छन् ।

भाद्र ८, २०८२

प्रताप विष्ट

Two Indians arrested with drugs, Sumo car seized

हेटौंडा — मकवानपुर प्रहरीले लागुऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुमो चालक भारत उत्तर प्रदेश बहराईच जिल्ला बलाईका ३५ वर्षीय किस्मत अली र २८ वर्षीय शाहरख अली रहेका छन् ।

हेटौंडा उपमहानगरपालिका—१५ रातोमाटे चेकपोष्टका प्रहरीले रक्सौलबाट काठमाडौंतर्फ गइरहेको विआर ०१ पिवी १८०२ नम्बरको सुमोलाई रोकेर जाँच गर्ने क्रममा प्रहरीले सुमोमा लुकाएर ल्याएको फिनार्गन १९५० एम्पुल, नुर्फिन १९५० एम्पुल, डाईजेपाम १९५० एम्प्लु गरी ५ हजार ८ सय ५० एम्पुल र ट्रामाडोल २४०  क्याप्सुल बरामद गरेको थियो । 

प्रहरीले बरामद गरेको लागुऔषध सुमोको पछाडितर्फको दुईवटै साईडको बडीभित्र लुकाएर राखिएको थियो । लागुऔषध ३९ वटा कालो प्लाष्टिकमा प्याक गरिएको थियो । 

Two Indians arrested with drugs, Sumo car seized

प्रहरीले सुमोमा रहेका दुवै जनालाई नियन्त्रणमा लिनुको साथै लागुऔषधसहित सुमो गाडी बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए ।

मकवानपुर जिल्ला अदालत हेटौंडाबाट लागुऔषध कसुर मुद्दामा म्याद अनुमति लिई थप अनुसन्धान कार्य गरिरहेको जिप्रका मकवानपुरले जनाएको छ ।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully