तीन दिनअघि मकवानपुरगढी गाउँपालिका–२ तल्लो छापस्थित कार्की खोलाले बगाउँदा युवक बेपत्ता भएका थिए ।
हेटौंडा — मकवानपुरको मनहरीस्थित ज्यामिर खोलाको किनारमा आइतबार फेला परेको शव मकवानपुरगढी गाउँपालिका–२ तल्लो छापका २५ वर्षीय विनोद बम्जनको भएको खुलेको छ ।
उनकी बहिनी सम्झनाले उक्त शव दाजु विनोद बम्जनको हो भनी सनाखत गरेकी हुन् । राप्ती खोलाको बाढीले बगाएर ल्याएर मनहरी गाउँपालिका–९ ज्यामिरे खोलाको किनारको काँसघारी उक्त शव फेला परेको थियो । शव पोष्टमार्टम र पहिचानका लागि हेटौँडा ल्याइएको थियो ।
तीन दिनअघि विनोद बम्जनलाई मकवानपुरगढी गाउँपालिका–२ तल्लो छापस्थित कार्की खोलाले बगाउँदा बेपत्ता भएका थिए । बम्जन शुक्रबार बेलुका सुकौरा तल्लो छाप पसलबाट घरतर्फ जाने क्रममा कार्की खोलाले उनलाई बगाएको थियो ।
