मनहरी गाउँपालिका–९ ज्यामिरे खोलाको किनारमा राप्ती खोलाले बगाएर ल्याएको शव फेला परेको हो ।
हेटौंडा — मकवानपुरको मनहरीस्थित ज्यामिरे खोलाको किनारमा आइतबार पुरुषको शव फेला परेको छ ।
मनहरी गाउँपालिका–९ ज्यामिरे खोलाको किनारमा राप्ती खोलाले बगाएर ल्याएको शव फेला परेको हो । राप्ती खोलाको बाढीले बगाएर ल्याएर ज्यामिरे खोलाको किनारमा रहेको काँसघारीमा पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक विशाल सापकोटाले जानकारी दिए । अहिलेसम्म पहिचान हुन नसकेको उनले बताए ।
फेला परेको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको छ । शव पानी ढाडिएर फुलेका कारण अन्दाजी कति उमेरको हो भन्न पनि नसकिएको प्रहरीले जनाएको छ ।
