बिहान ६ बजेर ३५ मिनेट जाँदा पहिराे खसेर दुई तर्फी नै सडक अवरूद्ध भएकाे चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन्द्र खनालले जानकारी दिए ।
चितवन — नारायणगढ-मुग्लिन सडककाे इच्छाकामना गाउँपालिका-५ मुग्लिन नजिक तुइनखाेलामा शनिबार बिहान खसेकाे सुख्खा पहिराेले बाटाे अवरूद्ध भएकाे छ।
बिहान ६ बजेर ३५ मिनेट जाँदा पहिराे खसेर दुई तर्फी नै सडक अवरूद्ध भएकाे चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन्द्र खनालले जानकारी दिए ।
दुई खाेलामा यसअघि पनि पटक पटक पहिराे खसेर बाटाे अवरूद्ध हुने गरेकाे छ । फराकिलाे पुल बनाउन पहाड काटेकाे ठाउँमा पहिराे खस्ने समस्या सुरू भएकाे हाे । साे ठाउँमा ढुंगा खसेर गाडीलाई लाग्ने गरेकाे पनि छ ।
भरतपुरकाे डिभिजन सडक कार्यालयले सडक खुलाउने पहल भइरहेकाे जनाएकाे छ । राजधानी काठमाडाैं जाने मुख्य सडकमा पहिराेले दुख दिँदा सयाैं गाडीका हज्जाराैं यात्रु प्रभावित हुने गरेका छन् ।