भारी वर्षा र पहिरोका कारण राजमार्ग अवरुद्ध

राजमार्ग अवरुद्ध भएकाले सवारी साधनहरुबीचमै रोकिएका छन्।

भाद्र ७, २०८२

प्रताप विष्ट

Highway blocked due to heavy rains and landslides

हेटौँडा — अविरल वर्षाका कारण पहिरो खसेर त्रिभुवन राजपथ र कान्ति लोकपथ शुक्रबार बेलुकादेखि अवरुद्ध छ। त्रिभुवन राजपथको हेटौँडा–भैँसे सडक  खण्ड अन्तर्गत भीमफेदी गाउँपालिका –१ मा सडक माथिबाट खसेको पहिरोका कारण त्रिभुवन राजपथ अवरुद्ध भएको हो।

त्यस्तै, हेटौँडाबाट काठमाडौँ प्रवेश गर्ने छोटो दुरीको वैकल्पिक मार्ग पनि अवरुद्ध भएको छ । पहिरो पन्छाउन सडक विभाग, प्रहरी, सेना र हेटौँडा उपमहानगरपालिकाका उपकरणहरू खटाइएका छन्। राजमार्ग अवरुद्ध भएकाले सवारी साधनहरुबीचमै रोकिएका छन्।

यसैगरी कान्तिलोकपथको भिमफेदी गाउँपालिका- ८ भर्‍याङडाँडा र बकैया गाउँपालिकाको लेनडाँडामा पहिरो गएकाले शुक्रबारदेखिनै कान्तिलोकपथ अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक एव  प्रवक्ता श्यामु अर्यालले बताए। शुक्रबार बेलुका मकवानपुरको विभिन्न भागमा  भारी वर्षा भएको  थियो । 

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully