पहिरोले कान्ति लोकपथ र त्रिभुवन राजपथ अवरुद्ध

सडक माथिबाट पहिरो झरेकाले कान्ति लोकपथ अवरुद्ध भएको हो ।

भाद्र ६, २०८२

प्रताप विष्ट

Landslide blocked Kanti Lokpath and Tribhuvan Rajpath

हेटौंडा — वर्षाका कारण सडक माथिबाट पहिरो झरेकाले कान्ति लोकपथ शुक्रबार अपराह्न ५ बजेदेखि अवरुद्ध भएको छ ।

कान्ति लोकपथ सडक खण्डको भीमफेदी गाउँपालिका–८ भर्‍याङडाँडामा सडक माथिबाट पहिरो झरेकाले कान्ति लोकपथ अवरुद्ध भएको हो । 

हेटौंडा भएर कान्ति लोकपथ हुँदै काठमाडौंतर्फ गएका सवारी साधनहरु ठिगनमा रोकिएका छन् भने काठमाडौंबाट हेटौंडातर्फ आइरहेका सवारी साधनहरु बगुवामा रोकिएका छन् ।

शुक्रबार अपराह्न ३ बजेदेखि हेटौंडालगायत ठिंगन क्षेत्रमा वर्षा भइरहेको छ । यसैगरी भारी वर्षा भएकाले त्रिभुवन राजपथको हेटौंडा–भैसे सडक खण्डमा पर्ने बाघझोरा ठूलो बाढी आएकाले सवारी साधनहरु आउजाउ  गर्न सकेका छैनन् । 

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully