काठमाडौँ–मन्थली सडक अवरुद्ध

काठमाडौँबाट दोलखाको चरीकोट हुँदै मन्थलीसम्मको सडक अवरुद्ध भएपछि यात्रुहरू बीच बाटोमा रोकिएका छन्, प्रमुख जिल्ला अधिकारीले सडक खुलाउने प्रयास जारी रहेको बताए।

भाद्र ४, २०८२

कान्तिपुर संवाददाता

Kathmandu-Manthali road blocked

मन्थली (रामेछाप — लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक भासिँदा सवारी आवागमन बन्द भएको छ ।  

काठमाडौँबाट दोलखाको चरीकोट, तामाकोशी हुँदै  मन्थलीसम्म चल्ने यातायातका साधन उक्त सडक अवरुद्ध  भएपछि बीच बाटोमा रोकिएका स्थानीय सञ्जीव चौहानले जानकारी दिए । 

यसैबीच, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सडक खुलाउने प्रयास जारी रहेको बताए । 

कान्तिपुर संवाददाता

Link copied successfully