बा ९३ प ११७० नम्बरको मोटरसाइकल र ना ख ७२१४ नम्बरको ट्रक दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख सुनिल धाँजुले जानकारी दिए। मृतकको परिचय खुलेको छैन।
काभ्रेपलाञ्चोक — पाँचखालमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बुधबार बिहान ६ बजे पाँचखाल नगरपालिका-५ स्थित केराघारीमा मोटरसाइकल र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बा ९३ प ११७० नम्बरको मोटरसाइकल र ना ख ७२१४ नम्बरको ट्रक दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख सुनिल धाँजुले जानकारी दिए। मृतकको परिचय खुलेको छैन।
उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका चालकलाई उपचारको लागि धुलिखेल अस्पताल लगिएको र अस्पतालले उनलाई बिहान ६ : ४७ बजे मृत घोषणा गरेको हो।