१२५ किलो गाँजासहित मकवानपुरमा युवक पक्राउ

मनहरीबाट जितपुरतर्फ जाँदै गरेको पिकअप गाडीमा १२५ केजी गाँजा बरामद गरिएको हो ।

भाद्र १, २०८२

प्रताप विष्ट

A young man was arrested in Makwanpur with 125 kg of ganja

हेटौंडा — मकवानपुर प्रहरीले गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १२५ केजी गाँजासहित धादिङ गल्छी गाउँपालिका—८ का ३१ वर्षीय रामबहादुर तामाङ रहेका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेका प्रहरीले सुरक्षा जाँच गर्ने क्रममा मनहरीबाट जितपुरतर्फ जाँदै गरेको बा २१ च ३०८५ नम्बरको पिकअप गाडीबाट १२५ केजी गाँजा बरामद गरेको  थियो । पक्राउ परेका उक्त गाडीका चालक हुन् । उक्त पिकअप गाडीको पछाडि लुकाएर ११ वटा प्लास्टिकमा गाँजा प्याक गरिएको थियो ।  

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully