१६० जना प्रहरी र कर्मचारीको आँखा परीक्षण

बागमती प्रदेश प्रहरी कार्यालयको आयोजना र हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा १ सय ६० जना प्रहरी कर्मचारीहरुको आँखा जाँच गरिएको हो ।

श्रावण ३०, २०८२

प्रताप विष्ट

Eye test of 160 policemen and staff

हेटौंडा — बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडास्थित प्रहरीहरुको शुक्रबार आँखाको परीक्षण गरिएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालयको आयोजना र हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा १ सय ६० जना प्रहरी कर्मचारीहरुको आँखा जाँच गरिएको हो । जाँच गरिएकाहरुमध्ये २० जनाको आँखाको थप उपचारका लागि हेटौंडा सामुदायिक आँखा अस्पतालमा जान सल्लाह दिइएको छ । कार्यक्रममा आँखा जाँचपश्चात् आवश्यक औषधिहरु पनि नि:शुल्क वितरण गरिएको हेटौंडा सामुदायिक आँखा अस्पतालका वरिष्ठ प्रशासक सुधिर श्रेष्ठले बताए । 

हेटौंडा सामुदायिक आँखा अस्पतालले नियमित रुपमा सामुदायिक कार्यक्रमअन्तर्गत अस्पताल आउन नसक्ने बिरामीहरुका लागि विभिन्न स्थानमा पुगेर आँखा जाँच कार्यक्रम गर्दै आएको छ । विद्यालयमा पुगेर विद्यार्थीहरुको आँखा जाँच र कार्यस्थलमा पुगेर कामदार कर्मचारीहरुको आँखा जाँच गर्दै आएको छ । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully