तुइन खोलाामा भारतीय ट्रकमाथि खस्यो ढुंगा, चालक घाइते

बेंग्लोरका ट्रक चालक मेगुप्रसाद गम्भीर घाइते, अन्य दुईको अवस्था सामान्य छ, भरतपुर अस्पतालमा उपचार जारी।

श्रावण २९, २०८२

रमेशकुमार पौडेल

Stone fell on Indian truck in Tuin Khola, driver injured

चितवन — नारायणगढ-मुग्लिन सडकको मुग्लिननजिक तुइनखोलाामा बिहीबार दिउँसो सडकमाथिबाट खसेको ढुंगाले लागेर भारतीय नम्बर प्लेटको ट्रकमा क्षति पुगेको छ । चितवन प्रहरीले ट्रकका चालक गम्भीर घाइते भएको जानकारी दिएको छ ।

साउन ४ गते पनि ढुंगा खसेर भारतीय नम्बरको कारमा क्षति पुग्नुका साथै कारमा रहेका तीन जना भारतीय घाइते भएका थिए । चितवन प्रहरीले दिएको जानकारीअनुसार केए–४३६८५६ नम्बरको ट्रकमा ढुंगा खसेको थियो ।

ढुंगाले टाउकोमा लागेका ट्रक चालक भारत बेंग्लोरका ४०/४५ वर्षीय मेगुप्रसादको अवस्था गम्भीर रहेको चितवन प्रहरीका प्रवक्ता डीएसपी रवीन्द्र खनालले बताए ।

Stone fell on Indian truck in Tuin Khola, driver injuredट्रकमा रहेका सयद अफिद र नहमान धुनियाँको अवस्था सामान्य रहेको छ । घाइते तीन जनाको भरतपुरको सरकारी अस्पतालमा उपचार भइरहेको छ । ट्रकमा प्लाइउड रहेको डीएसपी खनालले बताए ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully