बनेपाको चण्डेश्वरी जंगलमा पुरुष मृत फेला

शव बनेपा-१० पच्चीस किलोमा बस्दै आएका ६० वर्षीय राजेन्द्र खत्री रहेको उनले बताए ।

श्रावण २९, २०८२

ज्योती श्रेष्ठ

Man found dead in Banepa's Chandeshwari forest

काठमाडौँ — काभ्रे जिल्लास्थित बनेपाको चण्डेश्वरी जंगलमा एक पुरुष मृत फेला परेको छ ।

बिहीबार अपराह्न १२:३० बजेतिर बनेपा नगरपालिका-६ स्थित १६ सय सिँढीमा रहेको चण्डेश्वरी जंगलमा एक पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । शव बनेपा-१० पच्चीस किलोमा बस्दै आएका ६० वर्षीय राजेन्द्र खत्री रहेको उनले बताए ।

स्थानीयले चण्डेश्वरी जंगलमा पुरुष मृत देखेपछि प्रहरीलाई खबर गरेको र अस्थायी प्रहरी पोष्ट चण्डेश्वरीबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगी आवश्यक अनुसन्धान गरिरहेको उनले बताए ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully