बनेपामा पुजिए करिब ३ हजार कन्या

२००१ सालदेखि बनेपाका नेवार समुदायले कृष्ण जन्माष्टमीको दुई दिनअघि कन्यापूजा गर्दै आएको छ ।

श्रावण २९, २०८२

ज्योती श्रेष्ठ

About 3 thousand girls were worshiped in Banepa

काभ्रे — काभ्रेको बनेपामा ३ हजार कन्या पुजिएका छन् । श्री कृष्ण जन्माष्टमीका अवसरमा बनेपाका नेवार समुदायले बेल विवाह नगरिएका कन्याहरुलाई बिहीबार पूजा गरेका हुन् ।

टीका, तेल, फूल, अक्षता, प्रसाद, दक्षिणा, मिष्ठान खानेकुरा चढाएर कन्याको पूजा गर्ने प्रचलन छ ।

२००१ सालदेखि बनेपाका नेवार समुदायले कृष्ण जन्माष्टमीको दुई दिनअघि टिकट प्रणालीमा बनेपाका कन्याहरुलाई पुज्दै आएको बनेपा नेवाः कन्या पूजा समितिका अध्यक्ष रत्न भक्त पोटेले जानकारी दिए । उनका अनुसार बनेपाको लायकू मञ्चदेखि गणेशस्थानसम्म सडकको पेटीमा लहरै बसेका कन्यालाई पुज्ने गरिन्छ । कन्याहरुलाई पूजा गरेमा कन्या पुज्ने तथा पुजिने दुवै निरोगी हुने धार्मिक विश्वास रहेको उनले बताए । बनेपाका करिब ३ हजार कन्याहरुलाई पूजा गरिएको उनको भनाइ छ ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully