तामाकोशीमा नुहाउन गएका ७५ वर्षीय वृद्ध बेपत्ता

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कौशल न्यौपानेका अनुसार कँडेल मुगिटारको ढिकुरीस्थित तामाकोशी किनारमा नुहाउने क्रममा हराएका हुन्।

श्रावण २७, २०८२

नवराज श्रेष्ठ

A 75-year-old man who went to take a bath in Tamakoshi goes missing

रामेछाप — रामेछापको मन्थली नगरपालिका–७ मुगिटारका ७५ वर्षीय श्रीवंश शर्मा कँडेल मङ्गलबार बिहान तामाकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कौशल न्यौपानेका अनुसार कँडेल मुगिटारको ढिकुरीस्थित तामाकोशी किनारमा नुहाउने क्रममा हराएका हुन्।

घटनास्थलमा उनले कपडा भेटिएको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार मङ्गलवार बिहान करिब साढे १० बजे कँडेललाई नदीमा नुहाइरहेको देखिएको थियो।

त्यसपछि उनी देखापरेका छैनन्। हाल स्थानीयको सहयोगमा खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully