वडा कार्यालयसहित चारवटा घरको पानी तान्ने मेसिन चोरी गर्ने दुई जना पक्राउ

काभ्रे पनौतीमा भएको मेसिन चोरीको आरोपमा दुई युवकलाई पक्राउ गरिएको र उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

श्रावण २५, २०८२

ज्योती श्रेष्ठ

Two people were arrested for stealing water machines from four houses including the ward office

काभ्रे — पानी तान्ने पम्प तथा मेसिन चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको  छ ।

पक्राउ पर्नेमा उदयपुरको जिल्लाको त्रियुगा नगरपालिका वडा न. १ बस्ने २२ वर्षीय निरोज विक र सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं २ बस्ने वर्ष १९ वर्षीय सागर बयलकोटी रहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

श्रावण १६ गते रातको समयमा जिल्ला काभ्रे पनौती न.पा.९ सुनथान स्थित वडा कार्यालय, वडा नं ९ कै बस्ने नरेश खडका, राजन श्रेष्ठ, वडा नं १ बस्ने कान्छा शौजु र कमल दुलालको घरमा पानी तान्ने मेसिन चोरी भएको खबर पाएपश्चात प्रहरी चौकी पनौतीले खोजी तथा अनुसन्धान गरेको इलाका प्रहरी कार्यालय बनेपा प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

उनका अनुसार, सिसिटीभी फुटेजको आधार उनीहरुलाई प्रहरी चौकी पनौतीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । 

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully