चार दिनदेखि बेपत्ता भएका चेपाङ मृत फेला

मकवानपुरमा घरबाट चार दिनदेखि बेपत्ता भएका एक जना पुरुष आइतबार मृत फेला परेका छन् ।

श्रावण २५, २०८२

प्रताप विष्ट

Chepang, who had been missing for four days, was found dead

हेटौंडा — घरबाट चार दिनदेखि बेपत्ता भएका मकवानपुर कैलाश गाउँपालिका–९ का ४६ वर्षिय मानबहादुर चेपाङ कुलोमा आइतबार फेला परेका छन् ।

घरबाट बिहीबारदेखि निस्केर बेपत्ता भएका उनको घरभन्दा एक किलोमिटर दक्षिणतर्फको मनहरीखोलाबाट पानीघट्ट चलाउनका लागि लगिएको कुलोमा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

प्रहरीले उनको खोजतलास गर्ने क्रममा कुलोमा मृत अवस्थामा फेला पारेको हो । पोस्टमार्टम गर्न उनको शव हेटौंडा अस्पताल ल्याइएको छ ।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully