मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ

श्रावण २४, २०८२

ज्योती श्रेष्ठ

Two persons involved in motorcycle theft arrested

काभ्रे — मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको पनौती नगरपालिका-२ का २० वर्षीय विवेक तामाङ र बनेपा नगरपालिका-९ का १९ वर्षीय निरन विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार, श्रावण १९ गते बेलुका ८:३० बजेको समयमा काभ्रेको बनेपा नगरपालिका-७ बाट पार्किङ गरी राखेको २०० सिसिको बा ९६ प २१७१ न.को रातो रंगको एन.एस मोटरसाईकल चोरी भएको थियो। 

उक्त मोटरसाइकल खोजतलास गर्दै जाँदा काभ्रेको पनौती नगरपालिका वडा नं.०२ को जरिङगे डाँडाका बिवेक तामाङले घरमा लुकाई छिपाई राखेको अवस्थामा फेला परेको थियो । श्रावण २२ गते बिहान ६:०० बजेको समयमा काभ्रेको पनौती नगरपालिका-२ स्थित विवेक तामाङको घरमा विवेक तामाङ र निरन विश्वकर्मा लुकीछिपी अवस्थामा रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुको साथबाट चोरी गरिएको मोटरसाइकल पनि प्रहरीले बरामद भएको डीएसपी घलेले बताए। पक्राउ परेका उनीहरुमाथि चोरी मुद्दामा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।                                                                     

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully