लागुऔषधसहित चार जना युवा पक्राउ

प्रहरीले हेटौंडामा ६ ग्राम हेरोइन र ओनरेक्ससहित चार युवालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।

श्रावण २४, २०८२

प्रताप विष्ट

Four youth arrested with drugs

हेटौंडा — मकवानपुर प्रहरीले लागू औषधको कारोबार एवं ओसारपसार गरेको आरोपमा हेटौंडाको दुई स्थानबाट चार जना युवालाई पक्राउ गरेको छ । 

प्रहरीले हेटौंडा उपमहानगरपालिका–४ कमलडाँडाबाट ६ ग्राम ७२० मिलिग्राम खैरो हेरोइनसहित उदयपुर उदयपुरगढी गाउँपालिका–१ घर भई हेटौंडा उपमहानगरपालिका–४, कमलडाँडामा डेरा गरी बस्ने २४ वर्षीय दिलबहादुर सार्की र हेटौंडा–१, चौकीटोलका २४ वर्षीय कुमार लोलाई पक्राउ गरेको हो ।

यसैगरी मकवानपुर प्रहरीले लागुऔषध ओनरेक्स १५ बोत्तलसहित २ युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–११ नवलपुरका ३० वर्षीय विशाल पौडेल र हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरीका २९ वर्षीय पाल्डुव लामा रहेका छन् । 

हेटौंडा उपमहानगरपालिका–१० सिमाचोकस्थित पार्किङमा ना २३ प ६८३७ नम्बरको मोटरसाइकलमा बसिरहेका पौडेल र लामालाई शंका लागेर प्रहरीले खानतलासी गर्दा सय एमएलको १५ बोत्तल ओनरेक्स फेला पारेको थियो । 

प्रहरीले मकवानपुर जिल्ला अदालतबाट अनुमति लिई चारै जनालाई हिरासतमा राखेर थप अनुसन्धान गर्न म्याद लिएको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully