बाढीले भटौली खोलाको पक्की पुलमा क्षति गर्दा तीन दिनदेखि ठूला गाडी थुनिए

प्रारम्भिक क्षतिमा सम्बन्धित निकायले समयमै ध्यान नदिँदा अहिलेको अवस्था आएको स्थानीयहरूको गुनासो छ ।

श्रावण १९, २०८२

नवराज श्रेष्ठ

Heavy vehicles were stuck for three days after the flood damaged the concrete bridge of Bhatauli river

What you should know

रामेछाप — सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने मुख्य सडक खण्ड शनिबार बिहानदेखि ठूला सवारीसाधनका लागि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

स्थानीय भटौली खोलामा आएको बाढीले पक्की पुलमा क्षति पुगेपछि साना सवारीबाहेक सबै ढुवानीका सवारी साधन रोकिएका हुन् ।

मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ को सिमानामा पर्ने पुलमा बाढीले खाँडादेवीपट्टिको पिलर पछाडिको भागमा कटान गर्दै बगाएको छ । स्थानीय केदारकुमार सार्कीका अनुसार, बाढीले पुलको पिलरमा असर पुर्‍याएपछि संरचनाको जोखिम झनै बढेको छ । 

‘गत वर्ष असोजमा पनि खोलाले यही पिलरमा ठक्कर दिएको थियो, तर यस पटकको बाढीले पूरै क्षति गर्‍यो,’ उनले भने । प्रारम्भिक क्षतिमा सम्बन्धित निकायले समयमै ध्यान नदिँदा अहिलेको अवस्था आएको स्थानीयहरूको गुनासो छ ।

 Heavy vehicles were stuck for three days after the flood damaged the concrete bridge of Bhatauli river

गतवर्ष असोजमा सुनकोशी नदीमा आएको बाढीले मन्थली–सिन्धुली सडकको खुर्कोट पुल बगाएपछि त्यहाँ वैकल्पिक रूपमा बेलिब्रिज जडान गरिएको थियो । तर उक्त बेलिब्रिजबाट १५ टन बढी तौलका गाडी सञ्चालनमा रोक लगाइएको छ । त्यसपछि सबैभन्दा भरपर्दो विकल्पका रूपमा सित्खा हुँदै भटौली पुलको बाटो प्रयोग हुँदै आएको थियो ।

सिन्धुलीका चालक सिर्जन तामाङका अनुसार, सुनकोशी–मरिन डाइभर्सन आयोजनाका लागि वीरगन्जबाट सामग्री बोकेर आएका करिब एक दर्जन गाडी खाँडादेवी गाउँपालिका–४ मै रोकिएका छन् । ‘खाली गाडी त खुर्कोटबाट जान दिन्छन्, तर लोड गाडीले बाटो पाउँदैन । घुमेर आउँदा यहाँ पनि पुलमै समस्या भएपछि रोकिनुपर्‍यो,’ उनले भने ।

Heavy vehicles were stuck for three days after the flood damaged the concrete bridge of Bhatauli river

पुल मर्मतको काम तीव्र रूपमा भइरहेको पूर्वाधार विकास कार्यालय रामेछापका प्रमुख ज्यानेन्द्र प्रसाद पुनले जानकारी दिए । ‘पहिला पनि केही क्षति थियो, मर्मतको क्रममा बाढी आयो । माथिबाट पहिरो झरिरहेकाले कठिनाइ भए पनि पाँच वटा मेशिन प्रयोग गरेर काम अघि बढाइएको छ,’ उनले भने, ‘अबको दुई दिनभित्र पुल सञ्चालनमा ल्याउने लक्ष्य छ ।’

Heavy vehicles were stuck for three days after the flood damaged the concrete bridge of Bhatauli river

भटौली खोलामा रहेको ४० मिटर लामो उक्त पक्की पुल आर्थिक वर्ष २०७१/०७२ मा स्विस सरकारको सहयोगमा सञ्चालन भएको स्थानीय सडक पुल कार्यक्रम अन्तर्गत स्वच्छन्द सिर्जना जेभीले करिब ४ करोड रुपैयाँ लागतमा निर्माण गरेको थियो । वैकल्पिक सडक सञ्जालमा पर्ने यो पुल रामेछापका लागि रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिन्छ ।

नवराज श्रेष्ठ श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully