बागमती प्रदेश प्रमुख देवकोटा अस्पतालबाट डिस्चार्ज

चार दिनको उपचारपछि देवकोटा आइतबार दिउँसो डिस्चार्ज भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले बताए ।

श्रावण १८, २०८२

प्रताप विष्ट

Discharged from Bagmati Province Chief Devkota Hospital

हेटौंडा — बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा स्वास्थ्य लाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी मुत्रप्रणालीमा समस्या देखिएपछि साउन १५ गते ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासी काठमाडौंमा भर्ना भएका थिए । 

चार दिनको उपचारपछि देवकोटा आइतबार दिउँसो डिस्चार्ज भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले बताए । यस अवधिमा उपचारमा खटिएका अस्पतालका चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा उपचारमा सहयोग पुर्‍याउने अस्पतालका कर्मचारी, कार्यालय तथा निजी सचिवालयका कर्मचारीलगायत स्वास्थ्यलाभको कामना गर्ने सम्पूर्ण शुभेच्छुकहरुप्रति प्रदेश प्रमुख देवकोटाले आभार व्यक्त गरेका छन् ।

प्रदेश प्रमुख देवकोटा सोमबार हेटौंडा आउने कार्यक्रम छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully