मुख्यमन्त्री लामालाई पदत्याग गर्न आग्रह

मुख्यमन्त्री लामाले विश्वास गुमाएको भन्दै बानियाँले पद त्याग गर्न आग्रह गरेका छन्, भने मनमुटाव नरहेको स्पष्ट पारेका छन् ।

श्रावण १६, २०८२

कान्तिपुर संवाददाता

Demand for Chief Minister Lama to resign

वाग्मती — नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । 

केही दिनअघि संसदीय दलको नेतामा निर्वाचित भएका बानियाँले आज बिहान सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै मुख्यमन्त्री लामालाई हठ त्यागेर मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् ।

'उहाँले संसदीय दलको नेताबाट विश्वास गुमाइसक्नु भएकाले नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्छ,' आफ्नो र मुख्यमन्त्री लामाबीच मनमुटाव नरहेको स्पष्ट गर्दै नेता बानियाँले भने । 

कान्तिपुर

Link copied successfully