सिन्धुलीको दुर्घटनामा शान्ता गोले र सार्की थिङको निधन भएको छ भने दुई गम्भीर घाइतेलाई हेटौंडा अस्पताल पुर्याइएको छ ।
सिन्धुली — सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-१ बस्तीपुरमा टौवामा ओत लागिरहेका स्थानीयलाई पहिरोसहितको सालको रुख ढलेर किच्दा शुक्रबार अपराह्न दुई जनाको मृत्यु भएको छ ।
तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा १६ वर्षीया शान्ता गोले र ९ वर्षीया सार्की थिङ रहेका प्रहरीले जनाएको छ ।
प्राथमिक उपचारपछि दुईजना घाइते सिर्जना माया र सन्ध्या ब्लोनलाई हेटौंडा पठाइएको छ । सामान्य घाइते सुशील थिङको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको सिन्धुली प्रहरीका डीएसपी सूर्यप्रकाश सुवेदीले बताए ।
