बागमती प्रदेशका मुख्यमन्त्री लामाले गरे ३ मन्त्री नियुक्त

लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने माया श्रेष्ठ र गीता गुरूङको जिम्मेवारी भने तोकिन बाँकी छ ।

श्रावण १४, २०८२

सुवास विडारी

Chief Minister of Bagmati Province, Lama appointed 3 ministers

काठमाडौँ — बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले ३ जना मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री लामाले बुधबार गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका हुन् ।

लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने माया श्रेष्ठ र गीता गुरूङको जिम्मेवारी भने तोकिन बाँकी छ ।

बागमतीमा कांग्रेसले सम्हालेका ५ मन्त्रीले राजीनमा दिएका थिए । राजीनामासँगै ५ मन्त्रालय मन्त्रीविहीन थिए । साउन ९ गते चार जना र १३ गते १ जना मन्त्रीले राजीनामा दिएर लामाविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully