स्यालले टोकेर तीन जना घाइते

श्रावण १३, २०८२

प्रताप विष्ट

Three injured after being bitten by a jackal

हेटौंडा — मकवानपुरको मनहरी गाउँपालिका–६ मा स्यालले टोकेर तीन जना घाइते भएका छन् । तीन जनाको चितवनको मेडिकल र हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

घाइते हुनेहरुमा मनहरी गाउँपालिका–६ का  ३० वर्षीय तारा थापा तामाङ, सोही स्थान बस्ने ४८ वर्षीय हरी पौडेल र ५२ वर्षीय अलि उल्लाह रहेका छन् । 

तामाङ र पौडेलको चितवनस्थित गड्यौली मेडिकलमा र उल्लाहको हेटौंडा अस्पताल उपचार भइरहेको छ । स्यालले तीने जनलाई खुट्टामा टोकेको थियो ।

पूर्वपश्चिम सडक खण्डको लोथर सामुदायिक वन वाट सोमबार एक्कासी स्याल निस्केर बाटोमा हिँडिरहेका तीनै जनालाई टोकेको थियो । टोकेर स्याल जंगलतर्फ भागेको स्थानीयले बताएका छन् । स्याल बौलाएको पनि हुनसक्ने अनुमान स्थानीयले गरेका छन् ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully