काठमाडौँ — बागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाईमन्त्री श्यामबहादुर खड्काले सोमबार दिएका छन् । उनले मुख्यमन्त्री बहादुरसिंह लामालाई आजैको मितिदेखि लागू हुनेगरी राजीनामा बुझाएका हुन् ।
यसअघि ९ साउनमा प्रदेशका ४ जना मन्त्रीले राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए । यो सँगै मुख्यमन्त्री लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदको संख्या २२ पुगेको छ ।
