मकवानपुर — बागमती प्रदेशमा कांग्रेस संसदीय दलको नेताविरुद्धको अविश्वासको प्रस्ताव दर्ता भएपछि सोमबार आह्वान गरिएको संसदीय दलको बैठक स्थगित भएको छ । सोमबार दिउँसो १ बजे बस्ने भनिएको बैठक मंगलबार बिहान १० बजेसम्मका लागि स्थगित गरिएको संसदीय दलको कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्तापछि विवाद मिलाउन हेटौंडा आएका केन्द्रीय सदस्य राजेन्द्रकुमार केसी, मुख्यमन्त्री लामा र बानियाँसँगको संयुक्त छलफलपछि बैठक भोलिका लागि सारिएको स्रोतले जानकारी दिएको छ । बैठक हेटौंडा २ स्थित मुख्यमन्त्रीको सरकारी निवासमा बसेको स्रोतले जनाएको छ ।
लामाविरुद्ध कांग्रेसका २१ जना संसदले अविश्वासको प्रस्तावका लागि हस्ताक्षर गरेर प्रस्ताव दर्ता गरेका थिए । छलफलमा मुख्यमन्त्री लामाले आफ्ना केही संसद् हेटौंडाबाहिर रहेकोले बिहानसम्मको माग भएकोले मंगलबार बिहानसम्मका लागि बैठक स्थगित गरिएको केसी स्रोतले जानकारी दिएको छ।
