गोसाइँकुण्डमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता

श्रावण ११, २०८२

रासस

Two people drowned while swimming in Gosainkund

काठमाडौँ — रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्थित गोसाइँकुण्डमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता भएका छन् । 

मोरङका मनोज न्यौपाने र सुजन ढकाल आइतबार दिउँसो गोसाइँकुण्डमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल रसुवाबाट विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज तथा अन्य सुरक्षा निकायसमेत संयुक्त रुपमा बेपत्ताको खोजी गर्न परिचालित भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

रासस

Link copied successfully