मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, दुईजना घाइते

श्रावण १०, २०८२

ज्योती श्रेष्ठ

One person died, two were injured in a motorcycle accident

काभ्रे — काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

शनिबार बिहान १०ः१० बजेको समयमा पनौती नगरपालिका-३ बगुवास्थित कुशादेवीबाट आशापुरी मन्दिर जाँदै गरेको बा ६२ प ६६१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट खस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार ३२ वर्षीया सुजना खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए । शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको छ ।

दुर्घटनामा मृतकका श्रीमान्  मोटरसाइकल चालक पनौती-५ बस्ने ३२ वर्षीय विजय थापा र ५ वर्षीय छोरा बिएन्स थापा घाइते भएका छन् । उनीहरुको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । 

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully