समस्याग्रस्त सहकारीका ऋणीलाई भदौभित्र ऋण तिर्न ताकेता

तोकिएको मितिमा ऋण चुक्ता नगरे असुलीका लागि कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने

श्रावण ९, २०८२

प्रताप विष्ट

Creditors of distressed cooperatives asked to repay loans by August

हेटौंडा — बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त घोषित सहकारी संस्थाका सम्पूर्ण ऋणीलाई भदौ मसान्तभित्र ऋण तिर्न भन्दै सूचना जारी गरेको छ । अन्यथा ऋण असुलीका लागि कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी पनि दिइएको छ । 

बागमती सरकारको सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले शुक्रबार सूचना जारी गरेको हो ।प्रदेश सहकारी ऐन, २०७६ को दफा ८१ बमोजिम समस्याग्रस्त घोषित सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था, लालीगुराँस बचत तथा ऋण सहकारी संस्था र सुमेरु बचत तथा ऋण सहकारी संस्थाका ऋणीलाई कर्जा रकमको साँवा तथा ब्याज भदौ ३१ भित्र उक्त समितिको बैंक खातामा बुझाउन भनिएको छ ।

Creditors of distressed cooperatives asked to repay loans by August

२०८२ भदौ मसान्तसम्म पनि ऋण चुक्ता गर्न नआउने ऋणीको हकमा भने ऋण चुक्ता गर्ने मितिको अघिल्लो दिनसम्म आधार मानी साँवा, ब्याज र हर्जना रकम गणना गरी ऋण असुली गर्ने निर्णय गरिएको समितिले जनाएको छ । अन्यथा ऋण असुलीसम्बन्धी आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने पनि सूचनामा उल्लेख छ ।

प्रताप विष्ट

Link copied successfully