सिमेन्ट उद्योगको सामान चोरीको आरोपमा तीन युवक पक्राउ

श्रावण ६, २०८२

प्रताप विष्ट

Three youths were arrested on the charge of stealing goods from the cement industry

हेटौंडा — हेटौंडा उपमहानगरपालिका-१६ हटियास्थित शिवम् सिमेन्टको सामान चोरी गरेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । 

उद्योगको मेकानिकल वर्कशपभित्र रहेको क्रसरको सापटको पित्तलको बुस चोरी गरेको आरोपमा सर्लाही बसबढिया गाउँपालिका-३ का २५ वर्षीय सुनिलकुमार यादव, रौतहट गरुडा नगरपालिका-५ का २५ वर्षीय पवन यादव र २१ वर्षीय रितेशकुमार यादवलाई पक्राउ गरेको हो । असार २ गते उनीहरुले चोरी गरेका थिए । 

हेटौंडा-१५ स्थित सडकबाट उनीहरुलाई चोरीको सामानसहित मंगलबार पक्राउ गरेर मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एव प्रवक्ता श्यामु अर्यालले बताए । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully