चितवन खैरहनीमा गाडीको ठक्करले पैदलयात्रीको मृत्यु

श्रावण ६, २०८२

रमेशकुमार पौडेल

Pedestrian dies after being hit by a vehicle in Chitwan Khairhani

What you should know

चितवन — गाडीको ठक्करबाट सडक पार गर्न लागेका एक जना पैदलयात्रीको मृत्यु भएको छ । सोमबार साँझ सवा आठ बजे पूर्व-पश्चिम राजमार्गको चितवन खैरहनी नगरपालिका-१ सहिद चोकमा उक्त घटना भएको थियो । 

ठक्करका कारण ज्यान  गुमाउनेमा पर्सा जिल्ला वीरगन्ज महानगरपालिका-११ बेलुवाका ३१ वर्षीय राम अवतार रहेको चितवन प्रहरीले जनाएको छ । सडक पार गर्न लागेका उनलाई ना ३ च ६६१० नम्बरको पिकअप भ्यानले ठक्कर दिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन्द्र खनालले बताए ।

गम्भीर घाइते भएका राम अवतारको उपचारको क्रममा पुरानो मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा मृत्यु भएको डीएसपी खनालले जानकारी दिए । ठक्कर दिने पिकअप भ्यानका चालक चितवन खैरहनी नगरपालिका-१० का ३५ वर्षीय वीरेन्द्र चौधरीलाई खैरहनी इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully