What you should know
सिन्धुली — धारिलो हतियार प्रहार गरी हत्या गरिएका व्यक्ती भारतीय तीर्थयात्री रहेको खुलेको छ ।
सिन्धुलीको दुधौली नगरपालिका २ को मधुगंगा महादेव दर्शनका लागि आएका आएका तीर्थयात्रीको साथी समूहबीच विवाद हुँदा सोमबार धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो ।
मृतक भारत सितामाडी भवदेवपुर वडा नं ११ का २५ वर्षीय पंकजकुमार भगत रहेको प्रहरीले जनाएको छ । मृतकका माइला दाजु रंजित भगतले मृतक आफ्नो भाइ रहेको भनि सनाखत गरेपछि पहिचान खुलेको सिन्धुली प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए ।
घटनास्थल दुधौली २ मधुगंगा महादेव मन्दिर क्षेत्र लामिडाडाबाट प्रहरीले चुप्पी र खुर्पा समेत बमरामद गरेको छ । चुप्पी र खुर्पा प्रहार गर्नेपनि भारतीयहरु नै हुनसक्ने प्रहरीको आंकलन छ । उनीहरुको खोजीकार्य भइरहेको छ ।
त्यस्तै मधुगंगा महादेव दर्शनका लागि आएका ५०/५५ वर्षको पुरुष मृत अवस्थामा फेला परेकोमा हालसम्म पहिचान खुल्न सकेको छैन ।
