What you should know
सिन्धुली — सिन्धुलीको दुधौली नगरपालिका २ को मधुगंगा महादेव दर्शनका लागि आएका बोलबम तीर्थयात्रीको बाटैमा मृत्यु भएको छ ।
प्रहरीका अनुसार मधुगंगा महादेव मन्दिर पुग्नका लागि उकालो चढ्नेस्थान गागन फेदीमा मृत अवस्थामा सोमबार बिहान तीर्थयात्री फेला परेका हुन् ।
करिब ६० वर्षका ती पुरुषको पहिचान भनेको खुलेको छैन । मृत्युको कारण खुल्न नसकेका ती यात्रुको शवलाई मुचुल्कापछि पोष्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याइएको सिन्धुली प्रहरीका डीएसपी सूर्यप्रकाश सुवेदीले बताए ।
मधुगंगा महादेव दर्शनका लागि तराई तथा भारतबाट साउनभर ठूलो संख्यामा बोलबम तीर्थयात्रीहरु आउने गरेका छन् ।
कमला नदीमा बाढीमा हेलिएरसमेत तीर्थयात्रीको मृत्यु हुने गरेकोमा पुल बनेपछि भने सहज भएको छ ।
